डा.गोविन्द केसीले प्रतिनिधिसभा विघटनविरुद्ध अनशन बस्ने घोषणा गरेका छन्।
उनले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् भन्दै फागुन १२ गतेदेखि अनशन बस्ने बताएका हुन्।
माइतीघर मण्डलमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले विभिन्न ३ बुँदे मागसहित २० औं सत्याग्रह घोषणा गरेका छन्।