सनराइज बैंकको सीईओमा सुमन शर्मा

सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले मंगलबार जनक शर्मा पौडेलको राजिनामा स्वीकृत गरेको भोलिपल्टै शर्मालाई नियुक्त गरेको हो।

शर्मा पछिल्लो समय माछापुच्छ्रे बैंकको सीईओमा नियुक्त भएर बीचैमा छाडेका शार्मा बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

शर्माले माछापुच्छ्रे छाडेपछि लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारीका लागि आवेदन दिएका थिए।  एनएमबी बैंकको सहायक महाप्रबन्धक, ग्लोबल आईएमई बैंकको डेपुटी सीईओ भएर काम गरिसकेका छन्। बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्ष कार्य गरिसकेका छन्।

एमबीएका गोल्डमेडलिष्ट समेत रहेका शर्माले नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन्। उनले अर्थशास्त्र र भौतिकशास्त्रमा पनि स्नातकोत्तर गरेका छन्। उनी अनुभवी बैंकर मानिन्छन्।

प्रकाशित मिति: : 2021-02-10 17:38:00

प्रतिकृया दिनुहोस्