बर्मेली जनताले सैन्य 'कू' स्वीकारेनन्, निषेधाज्ञको गरे अवज्ञा 

निर्मल खराल

म्यान्मार
Photo - Mohan Gyawali Myanmar (Breaknlinks)
Photo - Mohan Gyawali Myanmar (Breaknlinks)

म्यान्मारको जनता सरकारलाई सत्ताच्युत गरेर सेनाले शासनसत्ता हातमा लिएसँगै सैन्य 'कू'विरुद्व जनप्रदर्शन उग्र बन्दै गएको छ। सैन्य 'कू'को विरोधमा सडक आन्दोलनमा दशौँ हजार मानिसहरू उत्रिएका छन्। 

प्रदर्शनकारीले देशभर लगाएको निषेधाज्ञ अवज्ञा गर्दै सडकमा उत्रिएका हुन्। उनीहरूले प्रजातन्त्रवादी समर्थकहरू नेत्री आङ सान सु कीसहितका नेताहरूको रिहाई माग गरिरहेका छन्। जुन्ता सरकारको सडक प्रतिबन्धलाई बर्मेली (म्यान्मार) जनताले अस्वीकार गरेका हुन्। उनीहरूले सैन्य नेतृत्वलाई स्वीकार्न नसकिने स्पष्ट गरेका छन्।

गत साता सेनाले निर्वाचित जनप्रतिनिधिलाई कब्जामा लिएर एक वर्षका लागि संकटकाल जारी गरेको छ। यसकाे विरोधमा देशव्यापी आन्दोलन भइरहेको छ। म्यान्मारमा जनप्रदर्शन तीब्र भएसँगै सैन्य प्रमुख जर्नेल मिन आङ हलाइङले सोमबार सरकारी टेलिभिजनमार्फत् सत्ता कब्जाको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए। उनले देशकाे पछिल्लो राजनीति कदम संविधान अनुसार भएको दाबी गरेका छन्।

देशमा जारी प्रदर्शनलाई लक्षित गर्दै सैन्य प्रमुख जर्नेलले प्रजातन्त्रकाे नाममा उग्रता नदेखाउन आग्रह गरेका छन्। 

बुधबार पनि राजधानी नेपिटो मुख्य सहर रंगुन, माण्डलेलगायत देशभरी नै 'कू'विरुद्व जनता आन्दोलित छन्। सेनाले पाँच जना व्यक्तिको भेला गर्न आदेश दिएपनि जनताले अवज्ञा गरेका छन्। आन्दोलन शान्तिपूर्ण भएपनि राजधानी नेपिटो र माण्डलेमा प्रहरीले प्रदर्शकारीमाथि बल प्रयोग गरेपछि आन्दोलन उग्र थालेको छ।





म्यान्मारमा शान्तिपूर्ण आन्दोलनमा गोली चल्दा एक युवतीको मृत्यु

सैन्य ‘कू’ विरुद्व जारी नागरिक आन्दोलनमा प्रहरीको गोली लागेर एक युवतीको मृत्यु भएको छ। राजधानी नेपिटोको जनप्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको थियो।

आन्दोलनमा प्रहरीले गोली चलाउँदा तीन प्रदर्शनकारी गम्भीर घाइते भएका थिए। घाइतेमध्ये स्थानीय १९ वर्षिय मा था था खाइमको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। यद्यपि, प्रहरीले भने रबरको गोली चलाएको दाबी गरेको छ। 

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको थियो। फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई गिरफ्तार गरेपछि सडकमा सेनाविरुद्व जनआक्रोस बढेको हो।





म्यान्मारको नागरिक आन्दोलनमा गोली चल्यो, दुई प्रदर्शनकारी गम्भीर घाइते 

म्यान्मारमा सैन्य ‘कू’ विरुद्व जारी नागरिक आन्दोलन हिंसात्मक बन्दै गएको छ। फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई गिरफ्तार गरेपछि सडकमा सेनाविरुद्व जनआक्रोस बढेको छ।

राजधानी नेपिटो मुख्य सहर रंगुन, माण्डलेलगायतका सडकमा दशौँ हजार म्यान्माली आन्दोलित बनेका छन्। उनीहरूले सु कीको तत्काल रिहाईको माग गर्दै सैन्य तानाशाहको विरोध गरेका छन्। 

सेनाले भने सरकारी निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रदर्शनकारी माथि बल प्रयोग गर्न थालेको छ।



सैन्य ‘कू’ बारे म्यान्मारबाट ‘बिएल भिडियो ब्रिफिङ’

बर्मेली सेनाको प्रष्टीकरण- नयाँ जनादेशमा जान आपतकाल लागू गरिएको हो

म्यान्मारमा भएको सैन्य ‘कू’ प्रति नेपाल मानवअधिकार संगठनको विरोध

सैन्य ‘कू’पछि यस्तो छ म्यान्मारको जनजीवन [फोटो फिचर]

म्यान्मारमा सेनाद्वारा एक वर्ष संकटकाल, अमेरिकाको आपत्ति

म्यान्मारमा सैन्य ‘कू’, आङ सान सु कीसहित प्रजातान्त्रिक नेताहरु नियन्त्रणमा



'संकटकालपछि निर्वाचन गराएर विजयी पार्टीलाई सत्ता हस्तान्तरण गरिन्छ'

म्यान्मार सैन्य प्रमुख जर्नेल मिन आङ हलाइङले देशकाे पछिल्लो राजनीति कदम संविधान अनुसार भएको बताएका छन्। 

एमआरटीभीच्यानलमार्फत् प्रमुख जर्नेल मिन आङ हलाइङले गत नाेभेम्बरकाे निर्वाचनमा भएको त्रुटि औंल्याएका छन्। 'चुनावमा धाँधली भएको छ। हामीले अन्तिम समयसम्म कानून बमोजिम समाधान चाहेका थियौँ, उनले भने 'सरकारले सुन्ने चेस्टा नै गरेन। जनताको गुनासो नसुनेपछि संविधानलाई टेकेर याे निर्णय लिएका हाैं।'

गत साता नागरिक सरकारलाई हटाएर सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा देशव्यापी सडक हड्ताल जारी छ। सैन्य 'कू'विरुद्व दशौँ हजार मानिसहरू प्रदर्शनमा उत्रिएका छन्।

लामाे समयकाे संर्घषपछि 'सैन्य शासन'बाट मुक्त भएको म्यान्मारमा पुनः प्रजातन्त्रमाथि सैन्य 'कू' भएको आन्दोलनकारीहरूले बताएका छन्। उनीहरू सेनाविरुद्व आक्राेषित र आन्दाेलित समेत बनेका छन्। राजधानी नेपिटाे, मुख्य सहरहरू रंगुन, माण्डलेलगायतका स्थानमा सेना कदमकाे विरोधमा तीब्र भइरहेको छ। 

विराेधका स्वरहरू बढ्न थालेपछि सैन्य प्रमुख जर्नेल मिन आङ हलाइङले पहिलोपल्ट साेमबार म्यान्माली जनतालाई सम्बोधन गरेका छन्। यसक्रममा उनले नयाँ निर्वाचन आयोग गठन गर्ने र संकटकालपछि पुनःनिर्वाचन गराउने बताए। उनले भने, 'चुनावपछि विजयी पार्टीलाई सत्ता हस्तान्तरण गरिनेछ।'

सैन्य प्रमुख जर्नेलका अनुसार विश्वव्यापी महामारी कोरोना भाइरस रोकथामका लागि सरकारले महत्त्वपूर्ण कार्यतालिका तय गर्नेछ। म्यान्मारमा नागरिक सरकारले देशमा लगानी गर्न सहमति जनाएको विदेशी लगानी जारी राख्ने समेत जानकारी दिए। 

देशमा जारी प्रदर्शनलाई लक्षित गर्दै सैन्य प्रमुख जर्नेलले प्रजातन्त्रकाे नाममा उग्रता नदेखाउन आग्रह गरेका छन्। धार्मिक स्थल र स्कूलहरू छिट्टै नै खोलिने उनले जनाए। 

प्रजातन्त्रजादी नेत्री आङ सान सु कि लगायतकाे गिरफ्तारीविरुद्धकाे आन्दोलन हिंसात्मक बन्ने देखेपछि सैन्य सरकारले रातिको समय कफ्र्यु समेत जारी गर्ने गरेको छ।

प्रकाशित मिति: : 2021-02-10 08:39:00

प्रतिकृया दिनुहोस्