नवलपरासी (पश्चिम)मा बसोबास गर्ने ८ वर्षीय एक बालकलाई बिस्कुटको लोभ देखाउदै अप्राकृतिक मैथुन गरेको अभियोगमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय बेलटारी र प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले सुस्ता गाउँपालिका ५ चन्द्रगंजका १९ वर्षीय दुर्गेश कोहारलाई पक्राउ गरेको हो।
बिस्कुट दिने प्रलोभन देखाएर दुर्गेशले स्थानीय ८ वर्षीय बालकलाई खेतमा लगेर अप्राकृतिक मैथुन गरेको प्रहरी दावी छ। पक्राउ परेका दुर्गेशलाई हिरासतमा राखेर आवश्यक अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ।