बिएल संवाददाता
कोरोनाकालमा वर्षको पहिलो ग्राण्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको खेल सुरु भएको छ। पुरुष एकलतर्फ विश्व नम्बर–१ नोभाक जोकोविच, तेस्रो वरियताका सिड डोमनिक थियम, छैटौं वरियताका एलेक्स ज्वरेभ दोस्रो चरणमा प्रवेश गरेका छन्। महिला एकलतर्फ सिमोना हालेव, दसौं वरियताकी सेरेना विलियम्स र उनको दिदी भेनस पनि दोस्रो चरणमा प्रवेश गरेका छन्। अस्ट्रेलियन ओपनमा चार पल्ट क्वाटरफाइनलमा प्रवेश गरेका निसिकोरी पहिलो चरणबाटै बाहिरिए।
जोकोभिचलाई जितका लागि ९१ मिनेट
आठ पल्ट अस्ट्रेलियन ओपन जितिसकेका जोकोभिचले पहिलो चरणको खेल जित्न ९१ मिनेट लगाए। उनले फ्रान्सका जेरेमी चार्डीलाई ६–३, ६–१ र ६–२ को सिधा सेटमा हराए। दोस्रो चरणमा उनको भेट अमेरिकाको २३ वर्षीय फ्रान्सेस टियाफोसँग हुनेछ। उनले पनि पहिलो चरणमा इटालीका स्टेफानो ट्रावागिलालाई ७–६, ६–२, ६–२ को सेटमा हराएका थिए।
थियमलाई जित्न २ घण्टा ४२ मिनेट संघर्ष गर्नुपर्यो
गत वर्ष अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका अस्ट्रियाका थियमलाई जितका लागि २ घण्टा ४२ मिनेट संघर्ष गर्नुपर्यो। उनले कजाकिस्तानका मिखाइल कुकुस्किनलाई ७–६, ६–२ र ६–३ ले पराजित गरे। पहिलो सेट टाइब्रेकरसम्म तन्किएका कारण लामो समय खेल्नु परेको थियो।
एक घण्टाभन्दा कम समयमा हालेप र सेरेनाको जित
महिला एकलमा दोस्रो वरियता प्राप्त रोमानियाकी सिमोना हालेपले वाइल्ड कार्डबाट प्रवेश गरेकी अस्ट्रेलियाकी लिजेट काब्रेरालाई ६–२, ६–१ ले पराजित गरिन्। यो खेल ५९ मिनेट तन्किएको थियो। यस्तै, सात पल्टकी च्याम्पियन सेरेनाले जर्मनीकी लाउरा सिग्मण्डलाई ६–१ र ६–१ ले पराजित गरिन्। यो खेल पनि ५६ मिनेट लम्बिएको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया