‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को गरिमा राख्नुभएन’

अनलाइनखबर

काठमाडाै‌ं

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका कानुनी सल्लाहकार बनिसकेका डा. सूर्य ढुंगेलले गत साता राष्ट्रिय मानवअधिकार आयोगको सदस्य पदको सपथ लिए ।

संवैधानिक कानुनका ज्ञाता एवं वरिष्ठ अधिवक्ता ढुंगेलले अनलाइनखबरलाई ३ पुसमा धुम्बाराही हाइटस्थित निवासमा संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश र राष्ट्रपतिले खेल्नुपर्ने भूमिकामा केन्द्रित भएर लामो अन्तर्वार्ता दिएका थिए ।

अन्तर्वार्ता प्रकाशनको तयारी गर्दैगर्दा ५ पुसमा अचानक सरकारले प्रतिनिधि सभा विघटन गर्‍यो । अन्तर्वार्तामा प्रतिनिधि सभा विघटनको सन्दर्भ थपेर अन्तर्वार्ता प्रकाशित गर्न चाह्यौं ।

अध्यादेशमै टेकेर राष्ट्रिय मानवअधिकार आयोगको सदस्यमा डा. ढुंगेलको नामसमेत सिफारिस भयो । पटक पटकको प्रयासका बाबजुद उनी हाम्रो सम्पर्कमा आउन चाहेनन् । त्यसबीचमा उनले अन्तर्वार्ता प्रकाशित नगर्न पनि भनेका छैनन् ।

पुसको पहिलो सातादेखि नै देशको राजनीति गर्माएका कारण हामी सबैको ध्यान राजनीतितिरै तानियो, जसले गर्दा हामीले यो लामो अन्तर्वार्ता चाँडै प्रकाशित गर्न भ्याएनौं । प्रतिनिधि सभा विघटन, अध्यादेश र त्यसमार्फत संवैधानिक निकायहरूमा भएका नियुक्तिहरूको बहस लामै समयसम्म चलिरहेकै छ । जसले गर्दा अहिलेको राष्ट्रिय बहसकै सन्दर्भमा अन्तर्राािष्ट्रय कानुनका ज्ञाता एवं संविधानविद् डा. ढुंगेलका विचारहरू अझै पनि असान्दर्भिक नहुने ठानेर हामीले ढिलै भए पनि यो अन्तर्वार्ता प्रकाशित गरेका छौं । अन्तर्वार्ताका क्रममा उनले प्रकाशित नगर्नु भनेको अंश भने यहाँ राखिएको छैन ।

प्रकाशित मिति: : 2021-02-07 16:43:00

प्रतिकृया दिनुहोस्