अपराधी सहजै पक्राउ गर्न सिम लोकेटर

अपराध अनुसन्धानमा अत्याधुनिक प्रविधि भित्र्याउँदै प्रहरी, साइबर अपराधको अनुसन्धानका लागि ओपन स्पेस इन्टेलिजेन्स सिस्टम

अपराध अनुसन्धान चुस्त र प्रभावकारी बनाउन नेपाल प्रहरीले दुई अत्याधुनिक प्रविधि भित्र्याउने भएको छ । अपराधीलाई सहजै पक्राउ गर्न ‘सिम लोकेटर’ तथा सामाजिक सञ्जालमा हुने अपराधको अनुसन्धानका लागि ‘ओपन स्पेस इन्टेलिजेन्स सिस्टम’ प्रयोग गर्ने प्रहरीको तयारी छ । 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘सिम लोकेटर’ प्रणाली जडान गर्न लागेको हो । जुन अन्तिम चरणमा पुगेको ब्युरोका निर्देशक डिआइजी सहकुल थापाले बताए ।

सिआइबीले यसका लागि गत वर्ष नै टेन्डर गरेको थियो । पुसभित्रै जडान हुनुपर्ने भए पनि कोभिड–१९का कारण केही सामान आपूर्तिकर्ताले दिइनसकेको सिआइबीले जनाएको छ । अबको एक महिनाभित्रै सो प्रविधि जडान हुने डिआजी थापा बताउँछन् । 
‘ओपन स्पेस इन्टेलिजेन्स सिस्टम’ प्रहरीको साइबर ब्युरोले जडान गर्न लागेको छ । सामाजिक सञ्जालमार्फत हुने अपराध बढेपछि नियन्त्रणका लागि यस्तो प्रविधि प्रयोग गर्न लागिएको छ । जसको हालै टेन्डर स्वीकृत भएको छ । 
सिम लोकेटर ः पाँच मिटरमा भेटिनेछन् अपराधी 
 

प्रकाशित मिति: : 2021-02-06 19:11:00

प्रतिकृया दिनुहोस्