डिम्याट खातामा जम्मा भयो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ डिम्याट खातामा जम्मा भएको छ। आउने हप्तादेखि   उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने छ।

शेयर बजार परिसूचक (नेप्से) ले कम्पनीको पहिलो कारोवारको प्रतिशेयर  न्युनतम ११३ रूपियाँ ६२ पैसा निर्धारण गर्ने सम्भावना देखिएको छ।

त्यस्तै  कम्पनीले जारी पूँजी २० अर्ब रुपियाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपियाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो।

प्रकाशित मिति: : 2021-02-06 16:00:00

प्रतिकृया दिनुहोस्