उद्योग परिषदले भन्यो : आर्थिक विकाशका लागि अबको १० वर्ष महत्वपूर्ण

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले  मुलुकको आर्थिक सम्पन्नताकालागि  अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएका छन्। हिजो शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अश्यक्ष मोरले पहिलाको समयमा संकट झेलेर अगाडी बढेको नेपालको निजि क्षेत्रलाई अब राज्यले ध्यान दिए १० वर्षमा नै देशले नयाँ गति पाउने अवधारणा व्यक्त गरे।

पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष मोरले भने , ‘द्वन्द, संक्रमणकाल, भूकम्प, नाकाबन्दी र कोरोना महामारीजस्ता जटिल समय हामीले भोग्यौं, यी संकटले हामीलाई थप क्षमतावान भएर अघि बढ्न सिकाएको छ।’ 

उद्योग परिसंघका उपध्यक्ष राजेश अग्रवालले सरकारले निजी क्षेत्रलाई हेर्ने परम्परागत धारणा बदल्नुपर्नेमा जोड दिएका छन्। बताए। नेपाली उद्योगी व्यवसायीहरु स्वदेशमा मात्रै नभई संसारभर प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा पुगेको भन्दै उनले निजी क्षेत्रको क्षमतामा विश्वास गर्न सरकारलाई आग्रहसमेत  गरेका छन्  ।

त्यस्तै नीतिगत सुधार र लगानीमैत्री वातावरणका लागि सरकारसंग निरन्तर पहल गर्ने पनि परिसंघले जनाएको छ। कार्यक्रममा बोल्दै नाफिजका अध्यक्ष मोदनाथ ढकालले नेपालमा लगानीको वातावरण कस्तो छ भनेर जाँच्ने कडीको रुपमा परिसंघमा आबद्ध रहेका उद्योगी व्यवसायीहरुले योगदान गरेको बताएका छन्  ।

प्रकाशित मिति: : 2021-02-06 11:16:00

प्रतिकृया दिनुहोस्