बिएल संवाददाता
इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटेनहाम हस्टपरलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ।
टोटेनहाम हस्टपर स्टेडियममा गएराति भएको खेलमा चेल्सीको जितमा पहिलो हाफमा जर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।
जर्गिन्होले २४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए।
कप्तान सिसर एज्पिलिक्वेटाको पासमा टिमो वेर्नरले पेनाल्टी बक्सतर्फ बल अघि बढाउदै गर्दा इरिक डाएरले वेर्नरमाथि फल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो। जसमा जर्गिन्होले गोल गर्न सफल भए। जुन गोलबाटै चेल्सीले जित हासिल ग¥यो।
यो जितसँगै चेल्सी २२ खेलबाट ३६ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। पराजित टोटेनहम २१ खेलबाट ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया