कर्णाली उत्सवमा भाष्करको एकल फोटो प्रदर्शनी (फोटोफिचर)

बिएल संवाददाता

काठमाडाै‌ं

सुर्खेतमा फागुन २७-२९ गते हुन गइरहेकोमा 'कर्णाली उत्सव' मा युवा साइकल यात्री तथा गाइड रामचन्द्र बस्नेतद्वारा(भाष्कर)को एकल फोटो प्रदर्शनी हुँदैछ।


कर्णालीका ओझेलमा परेको पर्यटकीय गन्तव्यलाई साइकलमा यात्रा गर्दै क्यामेरामा कैद गरेका सुन्दर फोटाहरु प्रदर्शनीमा राखिने छ।

उत्सवमा १५-२० वटा त्यस ठाउँका जीवनशैली, तालहरु (दूधकुण्ड, जगदुल्ला,राक्साल, टूलो पाल्ता) हिमश्रृङखला (काङछेन मेनरी राल्वा, टाङटुङ्गे) गाउँवस्ती , साइकल मार्ग लगायत भूदृश्यहरुका फोटोहरु समावेश हुनेछ।

फोटो प्रदर्शनीका मुख्य उद्देश्य साइकलमार्फत् कर्णालीका ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई क्यामेरामार्फत् नेपाललाई चिनाउने भाष्करले बताए।

दुर्गम जिल्ला डोल्पा, जगदुल्ला गाउँपालिका-६ निवासी२३ वर्षे भाष्कर साइकल यात्री तथा ट्रेकिङ गाइड हुन। कोरोना महामारी विच लकडाउनभरि उनले नुवाकोट-रसुवामा पर्ने फिकुरी ट्रेक, डोल्पा लगायतमा साइकल दौडाएर महिनौँ दिन बिताए। 

लुकेका र ओझेलमा परेका हिमाल, पहाड, तराईका विभिन्न भूभाग तथा विभिन्न पदमार्ग साइकलमै चढेर अवलोकन तथा अध्ययन गर्छन् उनी। उनले साइकल यात्रा गर्ने क्रममा खिचेका फोटो र भिडियोद्वारा पर्यटन प्रवर्द्धन गर्छन्। उनी साइकलमा कुना कन्दरा चहार्छन्। र, फोटोग्राफीका पनि शौखिन छन्। 

साइकल चढेर खिचिएका फोटोद्वारा नेपालको पर्यटन प्रवर्द्धनमा नि:स्वार्थ रुपमा खटिरहेका छन। सहयोगी मनहरुले उनलाई थप हौसला दिन ९८६८३२००५९ मा सम्पर्क गरेर आर्थिक तथा भावनात्मक सहयोग गर्न सकिन्छ।  
'कर्णाली उत्सव' मा सहभागी भइ उनको एकल फोटो प्रदर्शनी अवलोकन गरिदिनहुन समेत उनले सबलाइ आग्रह गरेका छन्।  

कर्णाली चिनाउदै कर्णाली उत्सव

सुर्खेतमा ‘कुडा कर्णालीका’ नारा सहित ‘कर्णाली उत्सव’ आयोजना हुनेछ। आयोजक ऋति फाउण्डेसनले उत्सवको मुख्य उद्देश्य कर्णालीको पहिचान गराउने जनाएको छ।

उत्सव अवधिभर कर्णाली प्रदेशको राजनीतिक, आर्थिक, सामाजिक, कला, साहित्य, दर्शन लगायतका विभिन्न विधामा विमर्श र बहस गरिने छ। फाउण्डेशनका अध्यक्ष रेशम विष्टले लेखक, साहित्यकार, बौद्धिक वर्गबीच जमघटसँगै बहस पनि गराउने योजना उत्सव आयोजना गरिएको जानकारी गराएका छन।

उत्सवमा साइकल र्याीली र देउडा खेलबाट कार्यक्रम उद्घाटन भएसँगै यो प्रदेशमा बसोबास गर्ने भोटे र लामाका हिमाली संस्कृति, खस-आर्य,उपत्यकाका थारु तथा फिरन्ते जीवनशैलीका राउटे समुदायको भाषा, संस्कृति, रहनसहनलगायतका विविध विषयमा विचारविमर्श मन्थन हुनेछ।

कार्यक्रममा थारु, भोटे, मयुर र हुड्के नाँच लगायकका सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ।

सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा फागुन २७ देखि २९ सम्म उत्सव सञ्चालन हुनेछ।

तस्विर सौजन्यः रामचन्द्र बस्नेत(भाष्कर)

प्रकाशित मिति: : 2021-02-04 17:58:00

प्रतिकृया दिनुहोस्