कर्णालीमा जडीबुटीबाट बनेको औषधिमा विश्वास बढ्दो

रातोपाटी

सुर्खेत

पंखबहादुर शाही

 सामान्य रोगका लागि पनि मानिसहरु ‘एलोपेथिक’ औषधिको प्रयोग गर्छन् । पछिल्लो समय आधुनिक औषधिको भरपर्ने हुँदा मान्छेले आयुर्वेदिक औषधिमा विश्वास मान्नै छाडिसकेका थिए । जब, नेपालमा कोरोनाभाईरस (कोभिड–१९)को प्रकोप सुरु भयो, तब आयुर्वेदिक औषधितर्फ एकाएक मान्छेहरु आकर्षित हुन थाले  । 

आजभोलि जडीबुटीबाट बनेको औषधिको विश्वास मान्नेहरुको संख्यामा अत्यधिक वृद्धि भएको पाइन्छ । ‘जडीबुटीबाट बनेको औषधिले शरीरलाई राम्रो गर्ने र अन्य असर पनि खासै नगर्ने भएकाले पनि होला कर्णाली प्रदेशमा आयुर्वेद सेवा लिनेको संख्यामा निकै वृद्धि भईरहेको छ । विगतको तुलनामा आयुर्वेदसम्बन्धी जानकारी तथा सेवा लिनेहरुको संख्यामा वृद्धि भएको प्रदेश आयुर्वेद औषधालयको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्षमा आयुर्वेद सेवा लिनेको संख्यामा निकै वृद्धि भएको  छ । अझ, कोभिड–१९ को प्रकोपसँगै आयुर्वेद सम्बन्धमा नागरिकहरुको आकर्षण बढेको आयुर्वेद चिकित्सकहरु बताउँछन् । कर्णाली जडीबुटीको भण्डार हो । यहाँ जडीबुटीबाटै समृद्धि हासिल गर्न सकिने अवस्था पनि नभएको होइन तर, जडीबुटीको प्रयोग भने गर्न सकिरहेको अवस्था छैन ।

प्रकाशित मिति: : 2021-01-31 14:09:00

प्रतिकृया दिनुहोस्