किताब जात्रा ‘फाउन्डेसन’ले हरेक वर्ष आयोजन गर्ने ‘किताब जात्रा’ महोत्सव भोलि अर्थात् १७ गतेदेखि सुरु हुँदैछ।
एक सातासम्म चल्ने महोत्सव यसवर्ष भर्चुअल मिडिया मार्फत सम्पन्न हुन लागेको हो।
कारोना महामारी अझै कायम रहेको हुँदा भर्चअल मिडियामार्फत सम्पन्न गरिने आयोजकले जनाएको छ।
महोत्सवमा भाषा, साहित्य, चलचित्र, समाजलगायतका क्षेत्रमा अनुभवी विज्ञसँग अन्तक्रियात्मक छलफल हुनेछन्।
सोही अवसरमा वाङमय क्षेत्रमा विशिष्ट योगदान पु्¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने, किताब जात्राबाट सर्वाधिक विक्रि हुने किताबलाई अवार्ड प्रदान गर्ने, डिजिटल प्रर्दशनीलगायत विविध कार्यक्रम संचालन हुने किताब जात्राका सस्थापक ऋषिराम अधिकारीले जानकारी दिए।
पठन–संस्कृतिलाई जीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजन गर्ने किताब जात्राको यो तेस्रो सस्करणको कार्यक्रम हो।