प्रदेश दुईमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

Breaknlinks
Breaknlinks

प्रदेश दुईमा भएको छुटाछुटै सवारी दुर्घटनामा परि तिन जनाको मृत्यु भएको छ। बारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

मृतक अन्दाजी ५० वर्षीय पुरुषको परिचय खुल्न सकेको छैन। उनी मागेर हिँड्ने मानिस रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

 पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंगलमा उनलाई बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो। 

दुर्घटनामा मानिसको मृत्यु भएको जानकारी बिहान ५ बजे पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

यसैबीच टिपरले ठक्कर दिदा महोत्तरीमा दुईजनाको मृत्यु भएको छ। आज विहान जिल्लाको औराही नगरपालिका वडा नम्बर ४ कठुधारमा ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०४ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको टिपरले ठक्कर दिँदा उक्त मोटरसाईकलमा सवार रहेका दुईजनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक एवम सुचना अधिकारि निरन्जन मिश्रले बताए।

 मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधारका १३ वर्षिय बालक  गुड्डु नदाफ र ठेगाना खुल्न नसकेको २० वर्षिय प्रमोद राम रहेका छन्। 

उनीहरु गौशाला–सम्सी सडक खण्ड अन्तरगर्त कठुधार चौक भएर सम्सीबाट जादै  गरेको समयमा टिपरले ठक्कर दिएको थियो। 

घटना लगत्तै स्थानीयहरुले सडक अवरुद्ध गरि प्रर्दशन गरिरहेका छन् भने ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको  प्रहरी निरीक्षक मिश्रले बताए।

प्रकाशित मिति: : 2021-01-25 15:21:00

प्रतिकृया दिनुहोस्