वाइडेनका सन्देश प्रधानमन्त्री ओलीलाई सुनाउन बालुवाटार पुगे राजदूत बेरी

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन्। 

शुक्रबार बालुवाटारमा राष्ट्रपति जो वाइडेनका शीर्ष प्राथमिकताहरूबारे छलफल गर्न प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। 

भेटका क्रममा उनले बाइडन प्रशासनले जलवायु परिवर्तनदेखि आणविक प्रशारणसम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहेको कुरा बताएका थिए। 

प्रकाशित मिति: : 2021-01-22 14:01:00

प्रतिकृया दिनुहोस्