बिएल संवाददाता
प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर बिहे गर्ने बताएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिहेको तयारीमा जुटेका छन्।
५० वर्षीय मुख्यमन्त्री राई यहीँ माघ भित्र बिहे गर्ने तयारीमा जुटेको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले बताए।
पारिवारिक स्रोतका अनुसार माघ ११ गते विवाहको मिति तय भएको हाे। विवाहको मिति तय भएपनि युवतीको नाम भने खुलाइएको छैन।
उनको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा गर्ने तयारी छ। पारिवारिक स्रोतका अनुसार उनको बिहे अन्तरजातीय हुनेछ। तर मुख्यमन्त्री राईले भने यो विषयमा थप खुलाएका छैनन्।
२०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर बिहे गर्ने बताएका थिए। प्रदेशको स्थायी राजधानी टुङ्गो लागेको छ। तर नाम तोक्न अझै बाँकी छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया