पर्सेली महिला पत्रकारद्वारा एसपी गंगा पन्तको विदाई

पर्सेली महिला पत्रकारहरुले पर्साकी एसपी गंगा पन्ताको सम्मान तथा विदाई गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा आयोजित एक कार्यक्रमकाबीच पर्साकी एसपी पन्तले कोरोना महामारी नियन्त्तण तथा आफनो ११ महिने कार्यकालको समयमा महिला हिंसा न्यूनिकरण तथा शान्ति सुव्यस्था कायम गर्न अहम भूमिका निर्वाह गरेको भन्दै मायाको चिनोसहित पुष्पा गुच्छासहित सम्मान र विदाई गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला–पुरुष समाजको एक सिक्काका दुई पाटा भएको र कोहीभन्दा कोही कम नभएकोले उच्च मनोबलका साथ काम गर्न महिला पत्रकारहरुलाई सुझाव दिएकी थिइन् ।

आफु वीरगंज सरुवा भएर आउँदा विभिन्न खाले टिकाटिपण्णी भए तापनि पर्साको जनताको अपेक्षा अनुसार काम गरेर देखाएको उनले स्पष्ट पारिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साकी सचिव निलिमा पौडेल, पत्रकारहरु सुष्मा शर्मा, विमला गुप्ता, माधुरी महतो, समिना रञ्जीतकार, कविता खडका, मालती कुशवाहा, निलम पन्त, सन्ध्या क्षेत्रीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति: : 2021-01-08 21:53:00

प्रतिकृया दिनुहोस्