चर्चित गायक डम्बर नेपाली र दीपक लिम्बूको सामुहिक स्वरमा ‘ याः राक्मा हौ सोल्टिनी ज्यू....’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।
कान्छा बाजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बाम्फो, गायक स्वयम नेपाली र लिम्बूले अभिनय गरेका छन्।
याःराक्मा भनेको धान नाँच हो। युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोमा दिपकले आफ्नो सोल्टिनीलाई प्रेमपत्र दिन भनेर डम्बर आग्रह गर्छन्।
दिपकलाई हिम्मत हारेका भन्दै गायक नेपालीले सोल्टी तपाई पत्र नदिने भने म लगिदिन्छु भन्छन्।
प्रेम पत्र दिनजाँदा गायक नेपालीसँगै सोल्टनीको प्रेम बसेको र उनीहरुको मायाका क्षणहरु भिडियोमा उतारिको छ।
डम्बरले सोल्टिनीलाई बाईकमा भगाएर लैजादै गर्दा दीपकले बाटो छेकेर चिर्पट प्रहार गर्छन्, अनि आफैँ झंल्यास्स हुन्छन्, भिडियोमा देखाइको दृश्य त उनको कल्पनाको डुबाई पो रहेछ।
दीपकले डम्बर नेपालीलाई सोल्टी ज्यू भन्दै चिठी मै दिन जान्छु भनेर भिडियोको इन्डिङ गरिएको छ।
रोमान्टिक भिडियो अनि नेपाली टिपिकल शब्दमा तयार पारिएको गीतको रातोपुलस्थित रक हाउसमा एक समारोह गरि औपचारिक रुपमा भिडियो सार्वजनिक गरिएको थियो। उपस्थित अतिथी तथा दर्शकदिर्घालाई प्रोजेक्टर मार्फत भिडियो देखाइयो।
भिडियोको सबैले प्रशंसा गरेका थिए। भूपेन्द्र तुम्बाहाम्फेले छायाँङ्कन गरेको यस भिडियोको निर्देशन किरण चाम्लिङ राईले गरेका हुन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया