नाफा बुक गर्ने हावी देखिँदा शेयर बजारमा सामान्य ‘करेक्सन’

शेयरबजारमा सामान्य ‘करेक्सन’ देखिएको छ। अल्पकालीन नाफा बुक गर्ने बढेका कारण नेप्से दबाबमा परेको हो।

बुलिस ट्रेण्डमा बढेको बजार सोमबार पनि दबाबमा परेको थियो। उच्च बिन्दु कायम गरेको बजारमा मंगलबार पनि उतारचढाव देखिएको छ। उतारचढाव देखिएको बजारमा ३.५४ अंकले ‘करेक्सन’ भएको हो। 

साताको तेस्रो दिन मंगलबार कारोबारको सुरुमा केही घटेर पुन बढे पनि अन्तिम समयमा आइपुग्दा नेप्से मापन गर्ने सूचक ३.५४ अंकले घटेर परिसूचक २१६५.४९ बिन्दुमा रोकिएको छ।

२०६ कम्पनीको १ करोड ८ लाख ९ हजार ६२५ कित्ता शेयर ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँमा किनबेच भएको छ।

कारोबारमा विकास बैंक, जलविद्युत कम्पनी, निर्जीबन बीमा समूहको उपसूचक बढेपनि अन्य समूहको उपसूचकमा गिरावट देखिएको छ। कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

इन्स्योरेन्सको ६९ करोड ६ लाख ८७ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी रहेका छन्।

यो दिन जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन भने साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन डिड्रिलरी, बिशाल बजार कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित मिति: : 2021-01-05 15:54:00

प्रतिकृया दिनुहोस्