प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

सीतालाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।

प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी फेसबूकमार्फत दिएकी छन् ।

'मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी,' उनले फेसबूकमा लेखेकी छन् ।

प्रकाशित मिति: : 2020-12-30 14:33:00

प्रतिकृया दिनुहोस्