माछा पोखरीभित्र घोङ्गी पनि पाल्ने कि!

नारायण खड्का

दाङको दंगिशरण गाउँपालिका-६ बागरका ४६ वर्षीय मनिराम चौधरीले गत वर्ष ब्यवसायिक माछा पाल्न घोराहीमा जग्गा भाडामा लिए।

घोराही उपमहानगरपालिका वडा नं. १७ पनौरामा उनका दुई वटा माछापोखरी छन्। ती मध्ये एउटामा १८ हजार र अर्कोमा १० हजार माछाका भुरा हालेका छन्।

यो जग्गा पद्‌मोदय पब्लिक उच्च माविको हो। २ बिगाहा क्षेत्रफलको जग्गा उनले १० बर्षका लागि भाडामा लिएका छन्।

जहाँ उनले माछा पालन, बंगुरपालन, कुखुरा पालन र तरकारी खेती गरिरहेका छन् ।

सुरूमा गत साल मंसिरमा दुई जना मिलेर यो जग्गा भाडामा लिएका रहेछन्।

तर, विद्यालयसँग सम्झौता भएको ४ महिना नपुग्दै नेपालमा लकडाउन सुरू भयो । कोरोना भाइरसको कहरले सर्वत्र त्रासदी छायो। लकडाउनले व्यापार व्यवसाय चौपट भयो ।  घाटा बेहोर्नु पर्‍यो । अनि चौधरीका अर्का साथी बाहिरिए।

प्रकाशित मिति: : 2020-12-29 13:02:00

प्रतिकृया दिनुहोस्