बिएल संवाददाता
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन्।
आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी नेपालको पक्षमा रहेको भन्दै कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका हुन्।
उनले भने, ‘ कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिन्छ। तर एमसीसी लागू हुँदैमा अपराध हुने, सैन्य आक्रमण हुन्छ भन्ने मलाई विश्वास छैन।’
उनले पछिल्ला हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै पास गर्नुपर्ने बताए।
उनले भने, ‘यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण गर्ने हो भने खतम हुनेवाला छ।’
यता देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको उनले दाबी गरे।
‘देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको हुँ,’ मन्त्री रायमाझीले भने,‘सरकारलाई बेवारिसे हुन नदिने र विकास निर्माण तथा समृद्धिका कामलाई गम्भीरतापूर्वक लिई जिम्मेवारी पूरा गर्नेछु।’
उनले राजनीतिक प्रणालीलाई निरन्तरता दिन र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको पनि बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया