कोरोना अझै समुदायमा छ, लक्षण देखिएर पनि परीक्षण नगर्दा जटिलता आउन सक्छ

सेतोपाटी

काठमाडौँ

डा. अनुप बास्तोला, सरुवा रोग विशेषज्ञ

पछिल्लो समय कोरोना भाइरस संक्रमणको लक्षण देखिए पनि परीक्षण नगर्नेको संख्या बढेको छ। यसले गर्दा व्यक्ति स्वयंलाई, परिवारका सदस्य अनि सिंगो समाजलाई असर पार्न सक्छ।

कतिपय अवस्थामा बिरामी सिकिस्तै भएपछि मात्रै अस्पताल पुग्दा उपचारमा समेत कठिन हुन्छ। कोरोना भाइरसका बिरामी घटेको देखिए पनि त्यो यथार्थ नभएको सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख कन्सल्टेन्ट समेत रहेका डाक्टर बास्तोला परीक्षण पर्याप्त नहुँदा यस्तो देखिएको बताउँछन्।

यिनै विषयमा केन्द्रित रहेर डाक्टर बास्तोलासँग हामीले भिडिओ कुराकानी गरेका छौं। यस कुराकानीका मुख्य अंश यसप्रकार छन्ः

मानिसहरूले यसलाई सहज रूपमा लिएका छन्। कोरोना संक्रमण सामान्य हो, यसले केही गर्दैन भन्ने सोच आएको छ। यो गलत हो।

- कोरोना परीक्षणका लागि लाग्ने रकमले गर्दा पनि सामान्य रुघाखोकी हो भनेर परीक्षणमा नआएको हुन सक्छ। निःशुल्क परीक्षण र उपचार हुने अस्पतालका बारेमा समेत उनीहरूलाई थाहा नभएर यस्तो भएको हुन्छ।

- कोराना लागेपछि समाजबाट अपहेलनामा परिन्छ भन्ने सोच अझै विद्यमान छ। १४ दिन बस्दा के भन्ने हुन् भन्ने सोचले नआएका हुन सक्छन्।

- लक्षण देखिएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङ गतिलोसँग हुन छाडेको छ। 

प्रकाशित मिति: : 2020-12-26 20:54:00

प्रतिकृया दिनुहोस्