मंगलबारदेखि ट्रायल खुल्ने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रदेश सरकारको तीव्र दबाबपछि सरकारले चालक अनुमतिपत्र (ट्रायल) खुला गर्ने भएको छ।

यातायात व्यवस्था विभागले मंगलबारदेखि ट्रायलको लागि अनलाइन फारम खुला गर्ने जनाएको हो ।

यसअघि विभाग र प्रदेशबीचको कुरा नमिल्दा ट्रायल परीक्षा रोकिएको थियो ।

यसअघि कोरोना महामारीको अन्त्य अभएको भन्दै  विभागले जाडो महिनाभरि  खुला नगर्ने निर्णय गरेको थियो। 

विभागका अनुसार एकैपटक सातवटै प्रदेशमा लिखित र मौखिक परीक्षा खुला गर्ने अनलाइन प्रणालीबाट परीक्षा लिने गरी आवेदन खुला गर्ने भए पनि परीक्षा लिने र ट्रायल गरान सक्ने आधारमा दैनिक परीक्षाको कोटा भने सम्बन्धित यातायात कार्यालयले नै तोक्ने छन्।

यातायात व्यवस्था कार्यलयका अनुसार अहिले हजारौँ सवारीधनी प्रभावित बनेका छन्।

विभागले भने लाइसेन्स छपाइको काम सकेको छ । नयाँ लाइसेन्सको लागि ट्रायल नखुल्दा नयाँ लाइसेन्स छपाइको काम नरहेको विभागले जनाएको छ। 

प्रकाशित मिति: : 2020-12-25 17:02:00

प्रतिकृया दिनुहोस्