शेयरबजारमा सकेसम्म घटाएर किन्नहरु सक्रिय, साताको अन्तिम दिन दोहोरो अंकले घट्यो

बिएल संवाददाता

काठमाडाै‌ं

शेयर बजारमा अल्पकालीन कारोबारी हावी हुँदा साताको अन्तिम दिन नेप्से सूचक २९.८३ अंकले घटेर २०३८.६३ विन्दुमा पुगेको छ ।

पछिल्ला दिनहरुमा बजार केही अस्थिर देखिएको छ । यसरी बढेको बजारमा फेरि एकाएक बिक्रेता हावी भएका हुन् । 
 
दिन २०४ वटा कम्पनीको ९८ लाख ६० हजार कित्ता शेयर ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बुधबार ६ अर्बमाथिको शेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम घटेको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहकमध्ये १० वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने होटल र व्यापार उपसमूहको सूचक सकारात्मक देखिएको छ। गत बुधबार उच्च रुपले बढेको जीवन बीमा र बैंकिङ्ग उपसमूहको सूचक बिहीबार क्रमशः ३.०६ प्रतिशत र १.१३ प्रतिशतले घटेको छ।

बिहीबार सोल्टी होटलको शेयरमूल्य सबैभन्दा धेरै ५.६७ प्रतिशतले बढेको छ भने ओरियन्टल होटलको ५.१६ प्रतिशत,माउन्टेन इनर्जीको ४.८३ प्रतिशत, पाँचथर पावरको ४.५२ प्रतिशत, सिद्धार्थ बैंकको ३.४९ प्रतिशत र ग्लोबल आइएमई बैंकको ३.१६ प्रतिशतले बढेको छ।

यता समृद्धि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.११ प्रतिशतले घटेको छ भने युनाइटेड इदि मर्दिको ६.३० प्रतिशत,पञ्चकन्या माई हाइड्रोपावरको ५.५६ प्रतिशत,महिला सहयात्रा माइक्रोफाइनान्सको ५.५१ प्रतिशत र छ्याङदी हाइड्रोपावरको ५.१७ प्रतिशतले घटेको छ।

यस दिन नविल बैंकको सबैभन्दा धेरै ६१ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ५९ करोड, एनआइसी एशिया बैंकको ३२ करोड, प्रभु बैंकको २८ करोड, सिद्धार्थ बैंकको २७ करोड र नेशनल लाइफ इन्स्योरेन्सको २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १३७ वटा कम्पनीको घटेको छ। त्यस्तै ९ वटा कम्पनीको शेयरमूल्य भने स्थिर छ।

व्यापारिक र होटेलबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै सोल्टी होटेलका लगानीकर्ताले ५.६७% का दरले कमाएका छन् । खरिदबिक्री रकममा नबिल बैंक अग्रस्थानमा छ । 

यसको ६१ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् ।

प्रकाशित मिति: : 2020-12-24 17:14:00

प्रतिकृया दिनुहोस्