जो वर्षमा ३० लाखको एभोकाडो बेच्ने सपना देख्दैछन्

नारायण खड्का

घोराही उपमहानगरपालिका-११ बाँसजगेरीका ४५ वर्षीय ठाकुर रोकाले अन्नबाली लगाउने ठाउँमा एभोकाडो रोपेका छन्।

सुरूमा उनले त्यसो गरेको देख्दा गाउँलेले अचम्म माने।

धेरैले सोधे, 'मकै, तोरी फल्ने जग्गामा किन रूख रोपेको? अन्न फल्ने जग्गामा रूख रोप्ने तपाईं कस्तो उल्टो मान्छे?'

ठाकुरले केही जवाफ दिएनन्।

ठाकुरका मावली ससुराली खलक ब्रिटिश आर्मी हुन्। उनीहरूले बेलायतबाट एभोकाडो ल्याएर काठमाडौंमा रोपेका थिए। उनीहरूले नै दाङमा पनि फल्छ कि भनेर ठाकुरलाई सुझाए। एभोकाडो उच्च पोषण तत्वयुक्त फल हो र यसका धेरै फाइदा छन् भन्ने जानकारी पनि दिए।

जे होला हेरौंला भन्दै ठाकुरले एभोकाडो रोप्ने निधो गरे। मावली ससुरालीबाट पाएका तीन बोट दाङस्थित घरको करेसाबारीमा हुर्काए।

यो ७-८ वर्ष पहिलेको कुरा हो।

प्रकाशित मिति: : 2020-12-24 12:25:00

प्रतिकृया दिनुहोस्