किसानको पैसा मात्र होइन, मुद्दा पनि हरायो

उखु बेचेको ९० करोड उठाउन राजधानी आएका किसानको आन्दोलन राजनीतिक भुमरीमा, उनीहरूको पक्षमा न बोलिदिने विपक्ष छ, न सुनिदिने सरकार 

उखुको ९० करोड बक्यौता रकम उठाउन मध्यपुसको चिसोमा किसान ११ दिनदेखि राजधानीका सडकमा आन्दोलनरत छन् । निरन्तर बढिरहेको चिसोले कतिपय किसान बिरामी पनि भइरहेका छन् । तर, संसद् विघटन गर्ने सरकारको पछिल्लो कदमले किसानको पैसा मात्रै होइन, मुद्दा पनि ओझेलमा परेको छ । 

आन्दोलनका लागि काठमाडौं आएका किसान गौशालास्थित धर्मशालामा बसेका छन् । बिहान ११ बजे उनीहरू माइतीघर चोकमा पुग्छन्, उखु बेचेको रकम उठाइदिन माग गर्दै दिनभरि चिसो सडकमा धर्ना दिन्छन् । र, साँझ धर्मशालामै फर्किन्छन् । सर्लाही, रौतहट, कपिलवस्तु, नवलपरासी, बारालगायतका जिल्लाबाट आएका किसानको पछिल्लो ११ दिनदेखिको दैनिकी हो यो । बुधबार उनीहरूले उखुको लाँक्रा र हलो–जुवा प्रदर्शन गर्दै विरोध जनाए । 

प्रकाशित मिति: : 2020-12-24 08:39:00

प्रतिकृया दिनुहोस्