ड्रग्स मुद्धामा अर्जुन रामपालसँग दोस्रो पल्ट ६ घण्टा एनसीबीको सोधपुछ

अभिनेता अर्जुन रामपाललाई ड्रग्स मुद्धामा सोमबार पुनः नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ६ घण्टा सोधपुुछ गरेको छ।

एनसीबीले १६ डिसेम्बरमा अर्जुनलाई बोलाएको थियो। तर, उनले निजी कारण देखाउँदै भेट्न मानेका थिएनन्। उनले २१ डिसेम्बरको नयाँ मिति माग गरेका थिए। 

अर्जुन केही कागजसहित एनसीबीको कार्यालय पुुगेका थिए। एनसीबीले उनको घरमा छापा हान्ने क्रममा पुरानो मितिमा प्रतिबन्धित सिडेटिभ ड्रग्सको प्रेसक्रिप्सन दिल्लीस्थित एक डाक्टरबाट बनाएको प्राप्त गरेको थियो। 

१३ नोभेम्बरमा एनसीबीले अर्जुनसँग ७ घण्टा सोधपुुछ गरेको थियो। उनको प्रेमिका ग्याब्रियला डेमेट्रियाडेससँग पनि एनसीबीले सोधपुछ गरिसकेको छ। 

एनसीबीले अर्जुनको ड्राइभरलाई पक्राउ गरेर लामो समय सोधपुुछ गरेको थियो। उनको प्रेमिकाको भाईलाई पनि पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2020-12-22 21:08:00

प्रतिकृया दिनुहोस्