धरौटीमा छुटे सुरेश रैना

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्व भारतीय क्रिकेटर सुरेश रैना धरौटीमा छुटेका छन्।

कोरोना महामारीको समय सरकारी नियम उल्लंघन गरेपछि प्रहरी हिरासतमा परेका रैनालाई पुलिसले मुम्बइको ‘ड्रागन फ्लाई क्लब’बाट पक्राउ गरेको थियो।

 रैनासँगै गायक गुरु रन्धावा र अन्य केही बलिउडका सेलिब्रेटीसहित ३४ जना पक्राउ परेका थिए।

मुम्बइ पुलिसले बिहानको ३ बजे उनीहरुलाई सामाजिक दूरी कायम नगरेको, मास्क नलगाएको र निश्चित समयभन्दा बढी क्लबमा बसेको भन्दै पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2020-12-22 17:36:00

प्रतिकृया दिनुहोस्