शेयरबजारमा भारी वृद्धि, नेप्से सूचक ९५.४६ अंकले बढेर २०६१.४१ विन्दुमा

बिएल संवाददाता

काठमाडाै‌ं

मंगलबार ११ वटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शिखर इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नविल बैंकको पनि ९.९९ प्रतिशतले बढेको छ। नविल बैंकले गत आर्थिक बर्षको कमाइबाट ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको र साञ्जेन जलविद्युतको ९.९६ प्रतिशतले बढेको छ भने एनआइसी एसिया बैंकको ९.९१ प्रतिशत, अपर तामाकोशीको ९.८२ प्रतिशत र रसुवागढी हाइड्रोको ९.८० प्रतिशतले बढेको छ।

यता नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशतले घटेको छ भने युनाइटेड इदि मार्दि हाइड्रोको ९.९० प्रतिशत,सनराइज फस्ट म्युचुअल फण्डको ५.१९ प्रतिशत,श्री इन्भेष्टमेन्ट फाइनान्सको १.९८ प्रतिशत र माउन्टेन इनर्जीको १.८१ प्रतिशतले घटेको छ।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ८६ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ४६ करोड ८१ लाख, प्रभु बैंकको ३२ करोड १ लाख एनसिसि बैंकको २७ करोड ल३१ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ५८ लाख रुपैयाँ शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १२ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। मंगलबार लाइफ इन्स्योरेन्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.४३ प्रशितले बढेको छ भने बैंकिङ्ग उपसमूहको सूचक पनि ४.८२ प्रतिशतले बढेको छ।

प्रकाशित मिति: : 2020-12-22 15:41:00

प्रतिकृया दिनुहोस्