बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले पूर्वजनप्रतिनिधि चन्द्रानन्द नेवाःलाई सम्मान गरेका छन्।
महानगर दिवसका अवसरमा स्थापना गरेको ‘स्व जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ पूर्वजनप्रतिनिधिसमेत रहेका नेवा:लाई प्रदान गरिएको हो।
स्वास्थ्य स्थितिका कारण पुरस्कार ग्रहण गर्न आउन नसकेकाले उनलाई प्रदान गरिएको एक लाखको उक्त पुरस्कार र सम्मानपत्र हस्तान्तरण गर्न प्रमुख शाक्यसँगै प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष न्हुच्छेकाजी महर्जन उनको निजी निवासमै पुगेका थिए।
शाक्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नगदसहित सम्मानपत्र प्रदान गरेपछि उनले भने, ‘मेरा लागि यो गौरवको क्षण हो।’
शाक्यले इतिहासलाई सम्मान गर्न पाउँदा खुशी लागेको भन्दै उनीबाट अझै धेरै नीतिगत कुरा सिक्न बाँकी रहेको बताए।
‘उहाँ मेरो गुरु र अविभावक दुवै हो,’ शाक्यले भने, ‘हामीले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेका छौँ। धेरै नीतिगत कुरा उहाँबाट सिकेका छौँ। धेरै सिक्न बाँकी छ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया