बुधबार, १७ डिसेम्बर २०२५

डा फाउचीकाे चेतावनी: क्रिसमसपछि कोरोना संक्रमणदरमा थप उच्च विन्दुमा

बिएल संवाददाता

बिएल संवाददाता

न्युयोर्क
News Image
• • •

अमेरिकाका वरिष्ठ सरुवारोग विशेषज्ञ डा एन्थोनी फाउचीले क्रिसमसपछि कोरोना संक्रमणदरमा थप उच्च विन्दुमा पुग्ने चेतावनी दिएका छन्।

क्रिसमसमा हुने भेला तथा जमघटहरुले त्यसपछिका दिनको संक्रमण अवस्था थप भयावह हुने उनले चेतावनी दिएका हुन्।

‘क्रिसमस र नयाँ वर्षको अवधिमा हुने पारिवारिक भेटघाट तथा जमघटले संक्रमण नियन्त्रण अभियानमा ठूलो जोखिम निम्त्याउन सक्छ,’ डा फाउचीले भने।

अमेरिकामा संक्रमितको संख्या एक करोड ४७ लाख भन्दा धेरै छ भने अहिलेसम्म दुई लाख ८२ हजार पाँच सय भन्दा बढिको ज्यान गएको छ।

 पछिल्ला दिनहरुमा यहाँ दैनिक दुई लाख वा त्यो भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ। 

संक्रमण बढ्दै गएपछि क्यालिफोर्निया राज्यमा फेरि लकडाउन लागु भएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!