चीनको अन्तरिक्षयान अर्बिटर–रिटर्नरसँग जोडियाे

चीनको अन्तरिक्षयान च्याङ्ग’इ–५ सफलता पूर्वक सही समयमा अर्बिटर–रिटर्नरसँग जोडिएको छ।

चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सिएनएसए) का अनुसार आइतबार बिहान पाँच बजेर ४२ मिनेट जाँदा चन्द्र कक्षमा च्याङ्ग’इ–५ अर्बिटर–रिटर्नरसँग सफलता पूर्वक जोडिएको हो।

चन्द्रमाबाट त्‍यहा वरपर रहेकोको ढुंगा र माटो पृथ्वीमा ल्याउने योजनासहित पठाएको यान गत मंगलबार ११ बजे राति चन्द्रमा सफलतापूर्वक अवतरण गरेको चीनले बुधबार घोषणा गरेको थियो।

Image

त्यहाँ ओर्लेपछि च्याङ्ग’इ–५ले चन्द्रमा सतहबाट नमूना संकलन गर्ने काम थालिसकेको थियाे। संकलित ती नमूनाहरु रिटर्न मोड्युलसम्‍म पुर्‍याएकाे थियाे।

चन्द्रमाको कक्षमा यानले ‘रनडेभू एण्ड डकिङ्ग’ सफलतापूर्वक गरेको पहिलो पटक हो।

स्थानीय समय अनुसार बिहान ६ बजेर १२ मिनेट जाँदासम्म चन्द्र सतहबाट माटो तथा ढुंगा संकलन गरेको एसेन्डरले ती सामग्रीहरु सुरक्षित रुपमा रिटर्नरमा राखेका जनाइएकाे छ। रिटर्नरले ती सामग्रीलाई पृथ्वीमा ल्याउने छ।

उक्त योजना अनुसार रिटर्न मोड्‍यूल मंगोलियाको भित्री इलाकाको सिजिवाङको घाँसे मैदानमा अवररतण गर्न सक्‍ने सीएनएसएले जनाएको छ।

Image

यदि यो उडान सफल भएमा सन् १९७० को दशकपछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमुना प्राप्त हुनेछ। यी नमुनालाई अनुसन्धानका लागि अन्य देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले जनाएको छ।

च्याङ्ग’इ–५ मिशन अघि चीनले दुई अन्‍य मून मिसन पठाएको थियो। सन् २०१३ मा च्याङ्ग’इ–३ र सन् २०१९ मा च्याङ्ग’इ–४ मुन मिसन। यी दुवैमा एउटा ल्‍याण्डरका साथसाथै एउटा सानो मून रोबर समावेश गरिएको थियो।

तर च्याङ्ग’इ–५ मिसन यी दुवैभन्दा निकै जटिल मिसन हो।

प्रकाशित मिति: : 2020-12-06 12:40:00

प्रतिकृया दिनुहोस्