लोकान्तर
प्राकृतिक रूपमा जीवित एउटा मन, मुटु र भावना भएको मनुष्यले एकबारको जीवनको उत्तरार्द्धमा के- के गर्न चाहन्छ ? पक्कै पनि ऊ आफ्नो बाँकी जीवन शान्तिपूर्ण बाँच्न चाहन्छ। हँसिलो चेहरा देखाएर आफ्नो जन्मदिन मनाउन चाहन्छ, नातिनातिनासँग घुम्न चाहन्छ, बगैँचाका फूलबारीमा टहलिन चाहन्छ । पूजापाठ गर्न चाहन्छ, ध्यान योगा गर्न चाहन्छ, पुस्तक पढ्न चाहन्छ। कहिलेकाहीँ यसो नाँचगानमा रमाउन पनि चाहन्छ।
यतिखेर पूर्वराजा ज्ञानेन्द्र शाहको दैनिकी पनि यसरी नै बितेको देखिन्छ।
तर राजावादीको पगरी गुथेका, थरिथरिका राष्ट्रवादका नारा जानेका, मेरा बाबै आफूहरू मात्रै देशको माया गर्ने सच्चा सपुत हो कि जस्तो गरेर त्यसै–त्यसै गिनिजबूकबाट नै प्रमाणित देशभक्तजस्तो लवज निकाल्न जानेका, नेपालको झण्डा काँधमा बोकेका अलोकप्रिय तत्वहरूले बेलाबेलामा पूर्वराजा ज्ञानेन्द्र शाहको अमनचयन तथा शान्ति भंग गर्दै आएका छन्।
देशको एउटा चर्चित तथा ख्यातिप्राप्त स्तम्भकारको हैसियतले, शाहवंशीय राजाहरूलाई गाँसबास कपास दिएको, युद्ध लडेर सघाएको, लिगलिगकोटमा श्रीपेच सुम्पिएको मगर वंशको शुक्रकिट हुनुको नाताले पनि मेरो उनीहरूलाई विनम्रतापूर्वक आग्रह छ, डियर राजावादीहरू कृपया पूर्वराजा ज्ञानेन्द्र शाहलाई शान्तिसँग बाँच्न देऊ यार ! किनकी तपाईंहरूले कस्तो कुरा नबुझेको क्या । अब उनलाई राजा बन्ने मन छैन। त्यसरी जबरस्ती गर्नुहुँदैन नि ! किनकी कहिलेकाहीँ सपनामा उहिल्यै मरिसकेका बाजे बज्यैहरू आउँछन् नि ! हो, अब राजा आउने कुरा पनि त्यस्तै हो ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया