उदयपुरकाे कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा बम विस्फोट भएको छ।
गएराति भएकाे विस्फोटमा परी चारजना घाइते भएका छन्।
घाइते भएकाहरू सबै सिमेन्ट कारखानामा कार्यरत मजदुर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता छिरिङ शेर्पाले जानकारी दिए।
उनका अनुसार विस्फोट भएपछि भागेका कामदारहरू लडेर घाइते भएका हुन्।
घाइतेहरूलाई उपचारका लागि कटारी अस्पताल ल्याइएको छ।
बम विस्फोट गराउनेको पहिचान भइनसकेको र अनुसन्धान भइरहेको इन्सपेक्टर शेर्पाले बताए।