विराज दुई र विमलकाे एक वर्षपछि राष्ट्रिय टिममा पुनरागमन

बिएल संवाददाता

काठमाडाै‌ं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएको छ।

बंगलादेशसँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी ३४ खेलाडी र अरु २४ जना थप खेलाडीलाई प्रशिक्षणमा बोलाइएको हो। 

प्रशिक्षक बालगोपाल महर्जनका अनुसार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुरु गर्नेछ।

यो प्रशिक्षण फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोटको तयारी गर्नका लागि हो। 

कप्तान विराज महर्जन, आदित्य चौधरी, विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशी टोलिमा फर्किएका छन्।

विराज २०७६ सालयता राष्ट्रिय टिममा पर्न सकेका थिएनन्। 

यता विमल, सन्तोष र दिनेश एक वर्षपछि राष्ट्रिय टिम फर्किएका छन्। 

एक वर्षअघि विश्वकप छनोटअन्तर्गत कुवेतसँग भुटानमा खेल्न जानुअघि नाइट क्लबमा गएको पाइएसँगै अन्जन विष्ट र यी तीन खेलाडीमाथि एन्फाले अनुशासनको कारबाही गरेको थियो। 

अन्जनले गत वर्ष राष्ट्रिय टिममा पुनरागमन गरेका थिए। तर विमल, सन्तोष र दिनेशलाई टोलि बाहिर राखिएको थियो। 

प्रारम्भिक टिममा परेका खेलाडी यही डिसेम्बर १२ मा खेलाडीहरु एन्फाको होस्टलमा जम्मा हुने र त्यसपछि बन्द प्रशिक्षणमा सहभागी हुने एन्फाले जनाएको छ। 

प्रारम्भिक टिम 

गोलकिपर : किरणकुमार लिम्बु, विकेट कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु

डिफेन्डर :  देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दीप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान, रोहित चन्द

मिडफिल्डर :  सुजल श्रेष्ठ, विशाल राई, जर्जप्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, सुनील बल, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङ्देम्बे, सन्जोग राई, नितिन थापा

फरवार्ड : अभिषेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विष्ट, विमल घर्तिमगर, राजिव लोप्चन, आसिष लामा, प्रिजेन तामाङ

प्रकाशित मिति: : 2020-12-02 14:29:00

प्रतिकृया दिनुहोस्