सनीराज शाक्य
ललितपुरमा हरेक वर्ष करीब दुई साता मनाइने कात्तिक नाच दुई दिन मनाएर सम्पन्न गरिएको छ।
कात्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको नृसिंह अवतार नृत्य मुलुकमा फैलिरहेको महामारीका कारण यही मंसिर १२ र १३ गते दुई दिन देखाइएकाे थियाे। याे नाचगत वर्ष १२ दिन प्रदर्शन गरिएको थियाे।

विष्णुपुराणमा आधारित कथानुसार हिरण्यकशपुको वध गरेपछि अप्सराहरुले नृसिंहको क्रोध शान्त्त पार्छन्।
नृसिंहको पूजा गरेर नृत्य समापन गरिएको समितिका सचिव विजय तण्डुकारले बिएल नेपाली सेवालाई जानकारी दिए।
उनका अनुसार शुक्रबार कात्तिक शुक्लपक्ष द्वादशीमा वराह नृत्य प्रदर्शन गरिएको थियो।

शनिबार नृत्यकला हेर्न इच्छुक व्यक्तिले विद्युतीय प्रत्यक्ष प्रसारणको सहायता लिएका थिए। सो नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ।
१६९७ सालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। सो नाच विश्वकै सबैभन्दा लामो भएको मानिन्छ।
कात्तिक नाच प्रथम पटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासीकाे दावी रहँदै आएकाे छ।

२०७० सालदेखि दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको सचिव तण्डुकारले बताए।
नाच संरक्षण समितिलाई १० लाखको चेक हस्तान्तरण
ललितपुर महानगरपालिका १६ ले कार्तिक नाच संरक्षण समितिलाई रकम सहयोग गरेको छ। अक्षयकोष स्थापनाका लागि उक्त वडाले शुक्रबार राति समितिका सम्बन्धित व्यक्तिलाई १० लाखको चेक हस्तान्तरण गरेको थियो।

सो नाच संरक्षणका लागि गत वर्ष अक्षयकोष स्थापना गर्ने हल्ला भएपछि यस वर्ष वडाध्यक्ष निर्मलरत्न शाक्यले १० लाखको चेक हस्तान्तरण गरेको समितिका अध्यक्ष किरण चित्रकारले बताए।

उनले भने, ‘महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि अक्षयकोष खडा गर्न ५० लाख सहयोग गर्ने घोषणा गरिसक्नुभयो, यसैगरी पर्यटनमन्त्री योगेशकुमार भट्टराइले कोष खडा गर्न दिने भन्नुभएको १० लाख लिन हाम्रो उहाँसँग भेट भइसकेको छैन।’











न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया