बिएल संवाददाता
वार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।
समूह चरणका दुई खेल बाँकी हुँदै जर्मन बुण्डेस लिगा क्लब म्युनिख समूह ए बाट नकआउट चरणमा स्थान बनाउन सफल भएको हो।
बुधबार राति घरेलु भैदानमा भएको खेलमा १० खेलाडीमा सीमित म्युनिखले एफसी रेड बुल साल्ज्बर्गलाई ३–१ ले पराजित गरेको हो।
खेलको ४२औँ मिनेट रोबर्ट लेवान्डोस्कीले म्युनिखलाई अग्रता दिलाएका थिए।
लेवान्डोस्कीले च्याम्पियन्स लिगमा हालसम्म ७१ गोल गरेका छन्। उनी सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचिमा तेस्रो स्थानमा रहेका राउलसँग बराबरी गर्न सफल भएका छन्।
दोस्रो स्थानमा रहेका लियोनल मेस्सीले ११८ तथा शीर्ष स्थानमा रहेका क्रिष्टियानो रोनाल्डोले १३१ गोल गरेका छन्।
यस्तै किङ्गस्ले कोम्यान ५२औँ मिनेट अग्रता दोब्बर बनाए।
लिरोय साने ६८औँ मिनेटमा गोल गर्दै अग्रता ३–० मा पुर्याए।
६६औँ मिनेटमा मार्को रोको दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए।
७३औँ मिनेटमा रेड बुलका लागि बेरिशले एक गोल फर्काएपनि पर्याप्त बनेन।
समूह ए अन्तर्गत नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिड लोकोमोटिभ मस्कोसँग गोलरहित बराबरीमा रोकिएको छ। पाँच अंकसहित एथ्लेटिको समूहको दोस्रो स्थानमा छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया