बिएल संवाददाता
पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ ।
गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सो मन्त्रालयका अनुसार यहाँ एकै दिनमा गएको २४ घन्टायता २ हजार ९५४ जना संक्रमित भेटिएका हुन् ।यहाँ पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु झन् बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार यहाँ यो संगै संक्रमितको संख्या ३ लाख ७९ हजार ८८३ जना पुगेको छ ।
यहाँ भाइरसको संक्रमणबाट ७ हजार ७४४ जनाको ज्यान गएको छ । हाल यहाँ ४० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका बताइएको छ ।यहाँ पछिल्लो समयमा भाइरसको संक्रमण बढ्दै गएपछि कतिपय राज्यहरुमा सार्वजनिक काममा प्रतिबन्ध लगाइएको छ ।
यहाँ शुरुमा संक्रमण त्यति नरहेको र निको हुने दर पनि राम्रो रहेको बताइएको थियो ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया