सन्ताेष बराइली
लहानको आँखा अस्पतालले कमाएको लोकप्रियताको आँडमा विशुद्ध नाफा कमाउने उद्धेश्यले लहानमा च्याउसरी खुलेका निजि अस्पतालहरू दिनदिनै विवादमा मुछिन थालेका छन्।
यहाँका अस्पतालको लापरवाहीले साधारण उपचार गर्न आएकाहरूको ज्यान जाँदासमेत सम्बन्धित निकायले यसप्रति खासै चासो दिएको पाइदैन।
गएराती लहानको डिभाईन केयर अस्पतालको लापरवाहीले उपचाररत एक महिलाको अकालमा ज्यान गयो। प्रसूति गराउन शनिबार दिउँसो अस्पताल लगिएकी सुखीपुर नगरपालिका ९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको थियाे।
नवजात शिशु भने सकुशल छन्। उनलाई त्यहाँबाट सप्तऋषि अस्पताल लगिएको छ।
घटनापछि चिकित्सकहरुकाे लापरवाहीले भएकाे भन्दै आफन्तहरु विरोध प्रदर्शनमा उत्रिएका छन्।
लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनीहरुकाे माग छ।
उपचारमा संलग्न चिकित्सक फरार रहेको बताइएको छ। आरतीको सात वर्षीय छोरा छन्।
लहानमा खुलेका सबै जसो नीजि अस्पतालले स्वस्थ्य उपचारका नाममा लापरवाही गर्ने गरेको विगतका धेरै घट्नाले पनि पुष्टि गरेको छ।
तर, सम्बन्धित निकायले न त छानबिन गरेको छ, न त कसैलाई कारवाही नै गरेको छ।
ताला लाग्छ, कारवाही हुदैन
यसअघि सिरहाको लहानस्थित दुई स्वास्थ्य प्रतिष्ठानमा प्रशासनले तालाबन्दी गरेको थियो। अन्य पाँच पोलिक्लिनिकमा समेत तालाबन्दी गरिएको थियो। तर, यस बिषयमा न छानबिन भयो, न त कारवाही नै भयो।
लिला–मदन पोलिक्लिनिक एण्ड प्रसुति गृह प्राली लहानलाई पनि खारेज हुने गरी बन्द गरिएको थियो। तर माथी उल्लेखित सबै स्वास्थ्य संस्था अहिले सञ्चालनमा छन्।
अनुगमनकै क्रममा लहान–३ स्थित हिमालयन डेन्टल क्लिनिकलाई समेत तालाबन्दी गरिएको थियो। हिमालयन क्लिनिक कम्पनीमा मात्र दर्ता गरी सम्बन्धित निकायसँग इजाजत लिएको थिएन।
कहिले हुन्छ कारवाही?
मेरी गोल्ड, सेराज पोलिक्लिनिक, चाइल्ड हेल्थ केयर, त्रिशक्ति हेल्थ केयर, लहान एड्भान्स पोलिक्लिनिक लगायतका स्वास्थ्य प्रतिष्ठानमा अनुगमन गरिएको छ। अनुगमन टोली देखेपछि राधाकृष्ण डेन्टल क्लिनिकले सटर–डाउन गरेर फरार भएका थिए।
पोलिक्लिनिकले ई समूहको प्रयोगशाला, एमसीएच सेवा, इसीजी सेवा, एक्स रे, परिवार नियोजन र बहिरंग सेवा अनिवार्य रुपमा चलाउनु पर्ने प्रावधान रहेको छ। तर, लहानका अधिकांश पोलिक्लिनिकमा यी सुविधा छैनन्।
सिरहामा ६५ पोलिक्लिनिक दर्ता छ भने त्यसमा पाँच वटाको नवीकरण भएको छैन। उता सिरहाका लहान लाइफ केयर हस्पिटल प्राली, फ्रेन्ड्स अस्पताल लहान, डिभाईन हेल्थ केयर अस्पताल लहान, सप्तऋषि नर्सिङ होम लहान, कामना नर्सिङ होम लहान–४, सगरमाथा मोडेल अस्पताल गोलबजार, मां धमनी अस्पताल गोलबजार, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर मिर्चैयाको नवीकरण समाप्त भएको पाँच बर्ष बढी भइसकेको छ। यतातिर पनि सम्बन्धित निकायले ध्यान दिएको देखिदैन ।
२०७० यता देशभर कै अधिकांश नीजि अस्पतालको नवीकरण रोकिएको छ। अस्पताल खोल्ने मापदण्ड पुरा गरेका केही अस्पताललाई मात्र नवीकरण गरिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया