पार्टी फुटाएर देश र जनतालाई धोका नदि‍औँ: नेता रावल

बिएल संवाददाता

काठमाडाै‌ं

 सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुटाएर देश र जनतालाई धोका दिन र पार्टीप्रति गद्दारी नगर्न आग्रह गरेका छन्।

नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला उनले पार्टीभित्रको विवाद नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालनाबाट मात्रै हुने बताएका हुन्।

नेता रावलले बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: : 2020-11-18 12:00:00

प्रतिकृया दिनुहोस्