बुधबार, १७ डिसेम्बर २०२५

जनकपुरमा कार नालामा खस्दा चालककाे मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

जनकपुरधाम
News Image
• • •

जनकपुरधाम उपमहानगरपालिका १४ मा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

शुक्रबार धनुषाधामबाट जनकपुर आउने क्रममा बा २० प ६८३१ नम्बरको कार अनियन्त्रित भई पुलबाट नालामा खसेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

दुर्घटनामा धनुषाधाम नगरपालिका ९ बस्ने ४५ वर्षीय विजय शर्माको मृत्यु भएको छ। उनी कार चालक हुन्। 

प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार मृतक शर्माको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!