रुपन्देही र मकवानपुरमा दुई कोरोना संक्रमितको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

रुपन्देही र मकवानपुरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। 

देवदह नगरपालिका ७ का ४७ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो।

कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएपछि २१ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार बिहान सवा ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

उनी एचआईभी संक्रमित हुन्।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०० पुगेको छ।

यता चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ का ४९ वर्षीय पुरुषको गएराति ११ बजेर १० मिनेटमा मृत्यु भएको हाे। 

अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालका अनुसार हेटौंडास्थित आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखामा यही कात्तिक २४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए। चितवन मेडिकल कलेजको कोभिड आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो।
 

प्रकाशित मिति: : 2020-11-12 11:45:00

प्रतिकृया दिनुहोस्