एन्फा अध्यक्ष कारोना संक्रमणमुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा कोरोना संक्रमणमुक्त भएका छन्।

मंगलबार बिहान सामाजिक सन्जालमार्फत कोरोनामुक्त भएको उनले जानकारी दिएका हुन्।

 सोमबार भएको स्वाव परीक्षणको नतिजा नेगेटिभ देखिएको हाे।

अध्यक्ष शेर्पालाई गत कातिक ६ गते कोरोना पुष्टि भएको थियो।

त्यसयता उनी सेल्फ आइसोलेसनमा रहेका थिए।

स्वास फेर्न असजिलो भएपछि पीसीआर टेस्ट गर्न गएका थिए।

कोरोना पुष्टि भएपनि कोरोनाको कुनैपनि लक्षण देखिएको थिएन।

प्रकाशित मिति: : 2020-11-10 13:23:00

प्रतिकृया दिनुहोस्