बार्सिलोनाको सानदार जित

स्पेनिस ला लिगामा बार्सिलोनाले रियल बेटिसमाथि ५-२ को जित हासिल गरेको छ  ।

बार्सिलोनाको जितमा दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान लिओनेल मेसीले २ गोल गर्दा एन्टोइन ग्रिजमन, पेड्री र ओस्मान डेम्बेलेले १-१ गोल गरे। बेटिसका एन्टोनियो सनाब्रिया र लोरेन मोरोनले १-१ गोल गरे। 

 पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएपछि फातीको स्थानमा मेसी मैदान प्रवेश गरेका थिए  ।

२२ औँ मिनेटमा बार्सिलोनाले डेम्बेलेको गोलमा अग्रता लिएको थियो। 

३३ औँ मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर गर्ने अवसर पायो। ऐसा मान्डीले फातीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए। ग्रिजमनको प्रहारलाई गोलरक्षक राेके।

पहिलो हाफको इन्ज्युरी समयको अन्त्यतिर बेटिसले खेल बराबरीमा ल्यायो। क्रिस्टियन टेलोको क्रसमा एन्टोनियो सानाब्रियाले गोल गर्दै बेटिसलाई खेलमा फर्काए। 

४९ औँ मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनाको अग्रता पुन: स्थापना गरे। जोर्डी अल्बाको लो क्रसमा मेसीले गोल गरे।

५८ औँ मिनेटमा बार्सिलोनाले पेनाल्टी पायाे। डिफेन्डर मान्डीले गोललाइनमा रोकेपछि रेफ्रीले भीएआरको सहयोग लिँदै बार्सिलोनालाई पेनाल्टी दिए। तमेसीले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे।

 ७३ औँ मिनेटमा बेटिसका लागि लोरेन मोरोनले गोल गर्दै खेलमा फर्कने संकेत दिए। 

८२ औँ मिनेटमा र्जी रोबर्टोको ब्याकहिल पास नियन्त्रणमा लिँदै मेसीले व्यक्तिगत दोस्रो गोल गरे। 

९० औँ मिनेटमा पेड्रीले गोल गर्दै फराकिलो जित पक्का गरे। उनले बार्सिलोनाको जर्सीमा स्पेनिस ला लिगामा पहिलो गोल गर्न सफल रहे।

जितसँगै बार्सिलोनाले अंक तालिकामा आठौं स्थानमा उक्लेको छ। शीर्षस्थानको रियल सोसीडाडको ८ खेलमा १७ अंक रहेको छ। रियल बेटिस भने ९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ।

प्रकाशित मिति: : 2020-11-08 06:31:00

प्रतिकृया दिनुहोस्