ग्वाटेमालामा निरन्तरको वर्षाका कारण पहिरोले गाउँ नै पुरेको छ।
अल्टा भेरापाज क्षेत्रको क्वीजा गाउँमा पहिरो गएको हो।
राष्ट्रपति एलेजान्डे गिएमाट्टीका अनुसार पहिरोमा परि कम्तीमा ५० जनाको ज्यान गएको छ।
अरु १ सय जनाभन्दा धेरै पुरिएको र उनीहरुको पनि ज्यान गएको हुन सक्ने उनले बताए।
उनीहरुकाे उद्धारकाे लागि आर्मी परिचालन गरिएकाे छ।