काठमाडौंको तिनकुनेमा एक पुरुषको शव भेटिएको छ।
बागमती नदीको पुलमुनि अन्दाजी ३०/३२ वर्षका पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
‘शव सड्न थालेको अवस्थामा भेटिएको छ,’ उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं।’