बुधबार, १७ डिसेम्बर २०२५

काठमाडौं उपत्यकामा चिसो बढ्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ।

शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ।

‘अहिले उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ,’ मौसमविद राजु प्रधानाङ्गले भने।

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा आंशिक बलदी भए पनि देशका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने उनले जानकारी दिए।

शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

राति प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!