आयोमेल
सारा देशलाई दसैंको माहोलले छपक्कै छोपिसकेको छ।
यो बेला धनकुटा साँघुरीगढी ६ मोक्तिङका २८ वर्षीय सुवास मगरलाई पनि पर्वको रौनकले छुनुपर्ने हो।
तर, गाउँबाट नजिकको बजार नाम्जे–भेडेटार जोड्ने बाटो पहिरोले बगाएपछि उनलाई चिन्ता थपिएको छ कि, गाउँलाई कसरी बजारसम्म जोड्ने?
अघिल्लो साता छिमेकी गाउँ मजुवाका स्थानीयसँगै करिव डेढसय व्यक्ति यी दुुई गाउँबीचमा गएको पहिरोबाट जोखिमपुर्ण रुपमा गोरेटो निकाल्दै थिए।
श्रमदानमा जुटिरहेका मगरले दुुइगाउँ जोड्ने मात्र नभइ दैनिक प्रयोगमा अति आवश्यक हुने दुुइ बाटो यहि पहिरोले बगाइदिएपछि गोहो बनाउने काम भएको बताए।
उनका अनुसार यी दुई गाउँमा मगर समुदायको बाहुल्य छ। खेतीपाती र चौपाय पालेर जीविका चलाइरहेका गाउँलेलाई दुुइ वर्ष देखि दसा लागेको छ।
गाउँमा कृषि सडक पुर्याउने भन्दै अन्धाधुन्ध डोजर चलाउन थालेपछि तल्लो भेगकाे सिङ्गो गाउँ नै सोहोरिएर लेउती खोलाको मुहानसम्म पहिरो झरेको छ।
उब्जाउ जमिन पहिरोले लगेपछि के खाने चिन्तामा छन् भने बेघर भएकाहरुको अवस्था त झनै कहालिलाग्दो छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया