बिएल संवाददाता
अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक तर्फबाट उम्मेदवार बनेका जो बाइडन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको अपहरण तथा हत्या गर्ने धम्की दिएको आरोपमा एक पुरूष पक्राउ परेका छन्।
जेम्स डेल रीड नाम गरेका ती पुरूष शुक्रबार मेरील्यान्ड राज्यबाट पक्राउ परेका हुन्।
अक्टुबर ४ मा रिडले बाइडेन-ह्यारिसको निर्वाचन प्रचार सामाग्री राखिएको एक घरमा उनीहरूलाई अपहरण र मार्ने धम्की दिएको एक लिखित पर्चा छाडेका थिए।
उनले बाइडेन र ह्यारिससँगै उनका समर्थकहरूलाई समेत धम्की दिएका थिए।
उनी धम्की छाडिएको घरको ढोकामा रहेको क्यामरामा कैद भएको उजुरीमा उल्लेख गरिएको छ।
खुफिया निकायले उनीविरूद्ध बुधबार दायर गरेको आपराधिक उजुरीमा ती मान्छेले सो कार्यका लागि केही कदम चालेका थिए भन्ने बारेमा केही खुलाएको छैन।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया